नेपाली अटो बजारमा आयो पल्सर ‘एनएस ४०० जेड’, कति पर्छ मूल्य ?

२१ बैशाख २०८१, शुक्रबार १८:२०

काठमाडौं । बजाजले पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ। स्ट्राइक हेडल्याम्पको साथ स्पोर्टी डिजाइनमा तयार पारिएको सो बाइकमा थन्डरबोल्ट शैलीको एलईडी डिआरएलएस र प्रोजेक्टर लाइट रहेको हो।

सो नयाँ बाइकमा मस्कुलर फ्युल ट्यांक, ट्यांकको दुबै साइडमा एनएस डिकल, टु पिस स्टेप सिट र ४०० डिकल भएको सानो चिन फेयरिङ दिइएको छ।बाइकमा ब्लुटुथ कनेक्टिभिटी सपोर्ट गर्ने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको छ। जहाँ राइडरले आफ्नो स्मार्टफोनलाई कनेक्ट गरी टर्न–बाई–टर्न नेभिगेसन, आगमन कल, मिस्ड कल र एसएमएस अलर्टहरू जस्ता सुविधाहरू प्रायोगमा ल्याउन सक्छन्।

यसमा चारवटा राइड मोडहरु रोड, रेन, स्पोर्ट र अफ–रोड दिइएको छ। साथै स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस समेत पाउन सकिन्छ। सो नयाँ बाइकमा ४३ एमएमको अपसाइड–डाउन फोर्क र एड्जस्टेवल प्रिलोडका साथ ग्यास चार्ज गरिएको मोनो–शक सस्पेन्सन दिइएको छ।

बजाजले यसमा डोमिनार ४०० मा जडान गरिएको ३७३ सिसी इन्जिन उपलब्ध गराएको छ। उक्त इीन्जनले ८ हजार ८०० आरपिएममा ३९।४ बिएचपी पावर र ६ हजार ५०० आरपिएमममा ३५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ। बाइकको मूल्य १ लाख ८५ हजार भारतिय रूपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*