एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने, यस्तो छ कारण
२१ बैशाख २०८१, शुक्रबार १८:०६
काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतिय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् ।
बैंकको आफ्नो सिस्टमको डिआर गर्न गईरहेकोले डेबिट कार्ड, मोबाइल बैंकिङ्गबाट हुने कारोबारका साथै एटिएम र पिओएस सेवा अवरुद्ध हुने भएको हो ।
साथै, सो समयमा आवश्यक कारोबारको लागि बैंकको क्रेडिट कार्ड, प्रिपेड कार्ड र डलर कार्ड सेवा यथावत रुपमा संचालन रहने जनाइएको छ ।