पास्नीको अवसरमा छोरालाई माझि दम्पतिले दिए नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको विकास भएको हो ।
यसै क्रममा सिन्धुली जिल्लाका होटल व्यवसायी दम्पतीले पास्नीको अवसरमा आफ्नो छोरालाई नेशनल लाइफ इन्स्योरेन्सको बाल अमृत– ३ नामक पाँच लाख रुपैयाँ बिमाङ्क भएको बीमा पोलिसी उपहार दिएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखा कार्यालयबाट होटल व्यवसायी बुवा नवराज माझि र आमा पबित्रा माझिले आफ्नो छोरा बीमित प्रिन्स माझिलाई पास्नीको अवसरमा दिएको बीमा पोलिसी उपहार एमडीआरटी मिन्द्र बहादुर माझिले हस्तान्तरण गरेका हुन् । उक्त बीमा पोलिसी १६ वर्षपछि परिपक्क हुनेछ । माझि दम्पतिले छोराको उज्ज्वल भविष्यका लागि भन्दै उनले ५ लाख बिमाङ्कको बीमा पोलिसि उपहार स्वरुप दिएका हुन ।
बीमित प्रिन्स माझिको उज्वल भविष्यको कामना गर्दै एमडीआरटी मिन्द्र बहादुर माझिले बालबच्चाहरुको जोखिम बहन गर्न र उपहार दिएको उक्त बीमा पोलिसीको कारणले आउँदो समयमा अध्ययनको कार्यलाई पनि सजिलो हुने बताए । साथै, उनले नागरिकहरुको नेशनल लाइफ इन्स्योरेन्समा बीमा गर्दै जोखिम हस्तान्तरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।