सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश पारित

२१ बैशाख २०८१, शुक्रबार १५:४९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा आज सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०।२६ प्रतिशत बोशन शेयर र २४ दशमलव ७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले चुक्ता पूँजी वृद्धि गर्ने र गत आवको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा सोको लागि संचालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने एजेण्डा पनि भव्य रुपले पारित गरेको छ ।

कम्पनीले सभा प्रयोजनार्थ वैशाख ७ गते एक दिन बुक क्लोज गरेको थियो । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*