विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरका प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरका काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा विभिन्न संङ्घ, संङ्गठन तथा संस्थाका पत्रकारहरुले प्रभातफेरीमा सहाभागि रहेका थिए ।
प्रभातफेरीमा पत्रकारहरुले प्रेस स्वतन्त्रता बहाली गर, प्रेस स्वतन्त्रता जिन्दावाद, प्रेस स्वतन्त्रता हनन् विरुद्ध सबै पत्रकार एकजुट होऔं लगायतका पोस्टहरु बोकेका थिए । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सिर्जनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।
स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ ।