आइएमई लाइफ इन्योरेन्सद्धारा अभिकर्ताहरुलाई क्षमता अभिवृदि तालिमसंगै सम्मान प्रदान

२१ बैशाख २०८१, शुक्रबार ११:३१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको जितपुरसिमरामा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिमा मार्फत १३५ जना अभिकर्ताहरुलाई प्रशिक्षित गरेको हो ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन गरेको उक्त कार्यक्रममा, तालिम विभाग प्रमुख सुनिल आचार्य, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले प्रशिक्षण दिएका थिए । कार्यक्रम संचालन हेटौंडा शाखा प्रमुख मंगल प्रताप बानियाँले गरेका थिए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले युवा संग आइएमई लाइफ भन्ने नाराका साथ युवाहरुलाई अभिकर्ता पेशाको महत्वका साथै उज्ज्वल भविष्य रहेको जानकारी गराउँदै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज बिधीहरु बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए । उनले लगनशीलता तथा इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए ।

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफले गरेका थिए । कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका बिरगंज, कलैया, जितपुर सिमराका साथै हेटौंडा शाखाका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको शाखा प्रमुख राजेश सिंहले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*