साधना लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकको उकालो यात्रा
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६ करोड १२ लाख १८ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनाका ३६५.८५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ३१ लाख ४१ हजार रुपैयाँ नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको चैत समान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३६५.८६ प्रतिशतले बढेर ८ करोड ७४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा १ करोड ८७ लाख ७३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
पछिल्लो ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५.९० प्रतिशतले बढेर २१ करोड २४ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १६ करोड ८७ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १७ पैसाले बढेर २१ रुपैयाँ ३५ पैसा, चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ, खराब कर्जा ०.३३ प्रतिशत विन्दुले बढेर ४.१० प्रतिशत, प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ०८ पैसा, वितरणयोग्य नाफा १ करोड २ लाख रुपैयाँबाट बढेर २ करोड १९ लाख रुपैयाँ पुगेको छ ।