आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

२१ बैशाख २०८१, शुक्रबार १०:३३

काठमाडौँ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ आज अर्थात् बैशाख २१ गते ३१औँ प्रेस स्वतन्त्रता दिवस बनाइँदैछ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिदै नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस बनाइरहेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सिर्जनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंमा आज बिहानै नेपाल पत्रकार महासङ्घ र विभिन्न अन्य सङ्घ संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*