जन्मदिनको अवसरमा छोरालाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।
यसै क्रममा बैतडी जिल्लाको सिगाँस गाउपालिका ३ बस्ने हाल नबदुर्गा गाउकार्यपालिका मणिलेख डडेलधुरामा कार्यरत इन्जिनियर नरेन्द्र सिंह साउदले आफ्नो जन्मउत्सबको अवसरमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका हुन ।
उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय धनगढीबाट १५ लाख रुपैयाँ बीमाङ्कको शुलभ बाल जिवन बीमा प्लस पोलिसि उपहार दिएका हुन् ।
साउद दम्पतिको पहिलो सन्तानको रुपमा २०७७ पुस १८ गते छोरा युगिनको जन्म भएको थियो । छोराको उज्ज्वल भविष्यका लागि भन्दै उनले १५ लाख बिमान्कको बीमा पोलिसि उपहार स्वरुप दिए । उक्त बीमालेख कम्पनी धनगढीका शाखा प्रमुख बिक्रम सिंह बोगटी र ऐजेन्सि म्यानेजर प्रताप सिंह बोहराले संयुक्त रुपमा नरेन्द्र सिंह साउदलाई उल्लेखनिय कार्यको लागि बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त प्रभु बैंक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको दाबी भुक्तानी ,नाफा, सेवा, प्राविधि मैत्री बन्दै आएको छ ।