दाबी भुक्तानी लिन प्रभु इन्स्योरेन्सको आग्रह
२१ बैशाख २०८१, शुक्रबार ०९:०४
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा दाबी दिवेदन परेको तर फर्छ्यौटका लागि आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआउँदा भुक्तानी बाँकी रहेपछि कम्पनीले भुक्तानी लिन आग्रह गरेको हो ।
कम्पनीले कोभिड बाहेकका दाबी भुक्तानी लिन बाँकी बीमितलाई कागजात सहित नजिकमा रहेको कम्पनीको प्रदेश, शाखा तथा उपशाखा वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई सम्पर्क गरी दाबी लिन आग्रह गरेको छ ।
साथै, वैशाख २१ गतेले २१ दिनभित्र पनि कागजात सहित दाबी भुक्तानी लिन नआएमा त्यस्तो दाबीको सबै फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।