पुरानो लाभांश रकम बुझिलिन हिमालयन डिष्टिलरीको आग्रह
२१ बैशाख २०८१, शुक्रबार ०८:४४
काडमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीले आव २०७२।७३ देखि २०७४।७५ को मुनाफाबाट साधारण सभाले पारित गरेको नगद लाभांश लिन बाँकी शेयरधनीलाई एक सूचना जारी गर्दै लाभांश लिन भनेको हो ।
यसका लागि शेयरधनीहरूले ३० दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । अन्यथा सो नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख गरिएको छ ।