नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड, मूल्य कति?

२१ बैशाख २०८१, शुक्रबार ०८:२०

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याइएको छ । यूनाइटेड अजोडले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलित बजार मूल्य अनुसार प्रतिकित्ता न्यूनतम १८१ रुपैयाँका दरले कम्तीमा पाँच हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालय वा थापाथलीस्थित नेपला पुनर्बीमा कम्पनी खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि पूर्ण आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*