सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

२१ बैशाख २०८१, शुक्रबार ०७:१२

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । यस शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जोकोहीले खरिद गर्न पाउने गरी वैशाख १३ गतेदेखि लिलामीमा ल्याएको थियो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा कम्तीमा पाँच हजार कित्ता र अधिकतममा सबै शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै बैंकको विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*