तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२१ बैशाख २०८१, शुक्रबार ०७:०८

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक शेयर लिलामीमा ल्याएका थिए ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. को स्वामित्वमा रहेको ३५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

नेशनल लाइफ इन्स्योरेन्सले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ । यस शेयरमा न्यूनतम दुई हजार कित्ता र अधिकतममा सबै शेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

ग्रामीण विकास लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. र श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को स्वामित्वमा रहेको क्रमशः २८ हजार कित्ता र २२ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको हो । यी दुबै शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । यी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनको चौथो तल्लामा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडमा बुझाउनुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानबाट पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*