लाभांस प्रस्तावसहित सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा भोलि बस्दै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा भोलि (बैशाख २१) बस्दै छ । कम्पनी सञ्चालक समितिको निर्णयले १६ औं वार्षिक साधारण सभा भोलि होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बस्ने भएको हो ।
सभाले चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १० दशमलव २६ प्रतिशत बोशन शेयर र २४ दशमलव ७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले चुक्ता पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार ७९७ दशमलव ४६ रुपैयाँ पुर्याउने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, संचालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गरेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।