नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत
२० बैशाख २०८१, बिहीबार १२:१३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले शेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।