इम्पेरमेन्ट चार्ज घटेसँगै मेरो माइक्रोफाइनान्सको नाफामा उछाल

२० बैशाख २०८१, बिहीबार ०७:२२

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ८४६.३० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म एक करोड ३० लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर १२ करोड ३८ लाख रुपैयाँ पुगेको हो । गत आवको तुलनामा कम्पनीको संचालन मुनाफामा पनि उछाल आएको छ । गत आवको चैत्र मसान्तसम्म एक करोड ३६ लाख रुपैयाँ संचालन मुनाफा कमाएको यस कम्पनीको चालु आवमा ११८६.९२ प्रतिशतले बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले ६० करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १५.५५ प्रतिशतले बढी हो । गत आवको चैत्र मसान्तसम्म कम्पनीको यस्तो आम्दानी ५२ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आवमा कम्पनीको कुल संचालन आम्दानी ६० करोड ४६ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ६९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा १५.६७ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीले ३५ करोड १८ लाख रुपैयाँ कर्मचारीहरूमा खर्च गरेको छ । जुन गत आवको तुलनामा ३.८१ प्रतिशतले बढी हो । गत वर्षको समीक्षा अवधिमा ४६ करोड ९७ लाख रुपैयाँ खुद संचालन आम्दानी गरेको यस कम्पनीको चालु आवमा ४०.६५ प्रतिशतले बढेर ६६ करोड ६ लाख रुपैयाँ पुगको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी १.३२ रुपैयाँबाट बढेर १२.५१ रुपैयाँ पुगको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ९.१० प्रतिशतबाट घटेर ७.६१ प्रतिशतमा झरेको छ । यससँगै इम्पेरमेन्ट चार्ज पनि १३ करोड ४९ लाख रुपैयाँबाट घटेर तीन करोड ८८ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा नौं करोड ३७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३.७२ रुपैयाँ, तरलता अनुपात २.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात ४९.३२ गुणा, आधार दर १४.७१ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिको मूल्य ११०१.४४ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी एक अर्ब ३२ करोड रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा नौं करोड ३७ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँबाट बढेर ६१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले १३ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने तीन अर्ब ३९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*