नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै, यसरी लिनुहोस् फाइदा
१९ बैशाख २०८१, बुधबार १८:३४
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
कम्पनीले आफ्नो २३औं वार्षिक उत्सवको अवसरमा बैशाख २१ गते (शुक्रबार) बिहान ११ बजेदेखि केन्द्रिय कार्यालय, क्लासिक कम्लेक्स कमलादीमा उक्त स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
उक्त स्वास्थ्य शिविरमा सहभागि भई आफ्नो निःशुल्क स्वास्थ्य परिक्षण गरि मौकाको फाइदा उठाउन कम्पनीले आफ्ना बीमितलाई आग्रह गरेको छ ।
कम्पनीले बुबा केयरसंगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।