बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारण र व्यवस्थापनका उपाय

विशाल तिमल्सिना
१९ बैशाख २०८१, बुधबार १७:४१

विषय प्रवेश ‘सोचे झै जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ ।

तनाव व्यक्तिमा अनुभूति हुने मानसिक दबाबको अवस्था हो । शरीरिक र मानसिक रूपमा देखापर्ने बेचैनी नै तनाव हो । यो वास्तवमा अमूर्त चिज हो ।

यसलाई देख्न, छुन र अङ्कगणितीय मापदण्डमा मापन गर्न पनि सकिँदैन । यो केवल मानव अन्तःस्मरण वा मानसपटलमा महसुस मात्र गर्न सकिन्छ ।

व्यक्तिमा जब आफूसँग भएको ज्ञान, स्रोत र समयबाट कुनै परिस्थिति सम्हाल्न सम्भव हुँदैन । भन्ने अनुभूित हुन्छ, तब तनाव सिर्जना हुन्छ । तनाव एकातिर विकासका लागि आधारशिला हो भने अर्कातर्फ द्वन्द्वको पूर्वसर्त पनि हो ।

यो मानव प्रजातिको माग र आपूर्तिबीचमा आएको बेमेल हो । तनाव सुरुमा रचनात्मक हुन्छ भने बढी भएमा हानिकारक हुन्छ, विनाशतर्फ अग्रसर गराउँछ जो विध्वंसकारी हुन सक्छ । तसर्थ बेलैमा तनाव व्यवस्थापन गर्नु जरुरी छ । तनावले उत्तेजना, असन्तुष्टि, नैराश्यजस्ता मानसिक परिवर्तन ल्याउँछ भने टाउको दुख्ने, ढाड दुख्ने, अपच, अनिन्द्रा, क्यान्सर, मधुमेह, रिँगटा लाग्ने, पेटको रोग बढ्ने, रिसाउने, थकान, दुव्र्यसन, आत्महत्या जस्ता शारीरिक परिवर्तन ल्याउँछ । यसले व्यक्तिको उत्पादकत्व, कार्य प्रतिबद्धता र कार्यक्षमतामा ह्रास ल्याउँछ ।

जब व्यक्तिले तनावसँग जुधेर सफलता हासिल गर्दछ तब मात्र उसको तनाव कम हुन्छ । मानिस जन्मजात नै स्वतन्त्रता रुचाउने प्राणी हो । जब मानव स्वतन्त्रतामाथि प्रहार हुन्छ, तब तनाव उत्पन्न हुन्छ ।

व्यक्तिको जीवन सफलता र असफलताको सम्मिश्रण भएकाले असफलता नै तनावको मुख्य कारण बन्न सक्छ । त्यसो त अवास्तविक एवम् महत्वाकाङ्क्षी लक्ष्य लिनु, छोटो समयमा जीवनमा क्रान्तिकारी परिवर्तन गर्न खोज्नु, सेवामा प्रवेश गर्नासाथ सहरमा घर गाडीको सपना देख्नु र ‘सरस्वती’लाई भन्दा ‘लक्ष्मी’लाई बढी माया गर्ने संस्कार बढ्दै जानु जस्ता विविध कारणले पनि तनाव बढ्दै गएको देखिन्छ । विशेषतः तनावग्रस्त व्यक्तिहरूमा धूमपान अधिक गर्ने, लागूऔषध र मादक पदार्थ सेवन गर्ने, उत्प्रेरणामा कमी, कार्यसम्पादन स्तरमा ह्रास, बीचैमा जागिर छाड्ने, गुणस्तरमा ह्रास, कम सुत्ने, व्यायाम नगर्ने र खाना राम्ररी नखाने जस्ता असामान्य व्यवहारसमेत देखापर्दछ ।

अहिले व्यवस्थापन, प्रशासन, औद्यौगिक क्षेत्र, शैक्षिक क्षेत्र, चिकित्सा, राजनीति र मनोविज्ञानमा समेत तनावसम्बन्धी कुराले उच्च प्राथमिकता पाएको छ । यसै गरी, मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहे मात्र व्यक्तिले आफूलाई परिवर्तित वातावरणअनुरूप परिवर्तन वा परिमार्जन गर्न सक्छ, भावनात्मक द्वन्द्वबाट विचलित हुँदैन । ।जीवनको अर्थ बुझी त्यसैअनुरूप चल्दछ ।

आफ्नो क्षेत्रमा सामथ्र्यको पूर्ण उपयोग गर्दछ । सुमधुर पारस्परिक सम्बन्ध विकास गर्दछ । फलतः उत्पाकदत्व, सङ्गठनप्रतिको प्रतिबद्धता, कार्यसन्तुष्टि बढ्छ भने सङ्गठन छोड्ने र आपसी मनमुटावको क्रम घट्न थाल्छ ।

जसबाट समग्रमा सङ्गठनको निर्दिष्ट लक्ष्य प्राप्त गर्दै सङ्गठनलाई दीर्घकालसम्म टिकाउनका लागि तनावको मात्रालाई निराकरण गर्दै जानु आवश्यक देखिन्छ ।

कुनै कुराको चिन्ता गर्नु स्वाभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिँ हानिकारक हुनसक्छ । चिन्ताले चितामा पु¥याउन सक्छ भन्ने कुरा पनि हेक्का हुनु जरुरी हुन्छ । दिनरात तनाव वा चिन्ता लिँदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । साथै डिप्रेसनको समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ । आजभोलि अस्पतालका मानसिक रोग विभागमा डिपे्रसनको सिकार भएका सबै उमेर समूहका मानिस भेटिन्छन् । वास्तवमा जब मस्तिष्कले पूरा आराम पाउँदैन, तब त्यसमा एक किसिमको दबाब बनिरहन्छ ।

यसकारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ । तसर्थ, तनावग्रस्त मानिसलाई औषधिभन्दा पनि माया, हेरचाह र हौसला आवश्यक हुन्छ । यस कारण तनावको समयमै निराकरण गर्नु जरुरी हुन्छ ।

बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारणहरू सर्वसाधारणको बचत रकममा व्यवसाय गर्ने जोखिमपूर्ण र चुनौतीपूर्ण क्षेत्र बैंक हो । तसर्थ, बैंकका निक्षेपकर्ताहरू बैंकका राजा हुन्, भगवान् हुन्, व्यवसाय सफलताका आधारस्तम्भ हुन् र सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ मुस्कानसहितको सेवा दिनुपर्नेमा ठुस्कानसहितको सेवा व्याप्त छ, जुन कर्मचारी तनावको उपज हो ।

मूलतः बैंकिङ क्षेत्रमा तनावका मुख्य कारणमा अधिक कार्यभार, अव्यावहारिक लक्ष्य र कार्यजीवन सन्तुलित नहुनुलाई लिन सकिन्छ । बैंकिङ क्षेत्रमा माथिल्लो तहबाट तल्लो तहका कर्मचारी निकै पेलिएको, कर्मचारीको क्षमताबाट प्राप्त गर्न नसकिने लक्ष्य निर्धारण गरी अनावश्यक यातना दिइने गरेको, सानो गल्तीमा पनि मानसिक दबाव दिने लगायतका कारण बैंकिङ जागिर छाडेर विदेश जाने दर बढ्दै गएको र डिप्रेसनको सिकार हुने वा आत्महत्या गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

बैंकका कर्मचारीहरू बिहान नौ बजे नै कार्यालय उपस्थित हुनुपर्ने र साँझ हिसाबकिताब नमिल्दासम्म घर फर्कन नमिल्ने र फर्कने समयको कहिल्यै टुङ्गो नहुनाले पारिवारिक झगडा बढ्ने, पारिवारिक सम्बन्ध बिग्रने, कार्यजीवन सन्तुलन नहुने, पारिवारिक र सामाजिक जीवनको अनुभूति लिन नपाउने साथै चाहेर पनि समाजप्रतिको जिम्मेवारी बहन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन्छन् । बैंकिङ क्षेत्रमा आर्थिक सुविधा, कार्य विशिष्टीकरण, तालिम, कार्य परिक्रमण, सरुवा (शाखा र ग्रामीण क्षेत्रमा कर्मचारी जानै नचाहने), अधिक कार्यभार, माथिल्लो तहको अनावश्यक दबाबका कारण कर्मचारीप्रतिको गुनासो बजारभरि व्याप्त छन् ।

यसै गरी, पछिल्लो समय बैंकिङ कर्मचारीप्रति निरन्तर आक्रमणका धम्कीहरू सुनिन्छन्, जुन् किमार्थ अस्वीकार्य छ । बैंकिङ अराजकता फैलाउँदै श्रमजीवी बौद्धिक वर्गमा कालोमोसो अभियानलगायतका भौतिक आक्रमणजस्ता गतिविधि बढ्दै जाने र सम्बद्ध निकायको मौनता रहिरहने हो भने कर्मचारीको तनावको स्तर कहाँ पुग्ला ? बेलैमा सोच्न आवश्यक छ । मानिस जन्मजात नै समानता खोज्ने न्यायप्रेमी प्राणी भएकाले नेपालको सार्वजनिक सेवामा वृत्तिपथ पूर्वानुमानयोग्य रहेको, स्वदेशी तथा विदेशी तालिमको पर्याप्त अवसर रहेको साथै अध्ययनका लागि पर्याप्त समय र अवसर रहेको तर वित्तीय क्षेत्रमा असारको गोरुजस्तो सधैँ काममा पेलिनुपर्ने, वृत्तिपथ अनिश्चित रहेको, तालिमका अवसर पर्याप्त नरहेको, कार्यसम्पादनको स्तर र तलब सुविधामा तातात्म्य नमिलेको, माथिल्लो र तल्लो तहका कर्मचारीमा सेवा सुविधामा अन्तर रहेको जस्ता कारण कर्मचारीमा नैराश्य बढ्दै गएको छ ।

यसै गरी, स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत कर्मचारी स्वयम्को वा घर परिवारको सदस्यको अस्पतालमा भर्ना हुँदाको बखतमा समेत कार्यालयबाट अनावश्यक दबाब आउने गरेको बजारमा प्रशस्त सुन्न पाइन्छ । तसर्थ, बैंक जस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीमा तनाव बढ्दै जाने हो भने तिनको मनोबल र उत्प्रेरणाले कति समय काम गर्ला ? घटना वा समस्या भएपछिको सावधानी भनेको मृत्यु पछाडिको स्वास्थ्य परीक्षण गरेजस्तै हो, जसको कुनै अर्थ रहँदैन । मृत्युपश्चात् चिहान लानुको कुनै विकल्प नभएकाले समस्या देखिनुअगावै सचेत हुनु जरुरी हुन्छ । तनावका मुख्य कारणहरू निम्नबमोजिम छन् ।

१. व्यक्तिगत कारण
व्यक्ति स्वयमका कारण तनाव सिर्जना हुने हुँदा यसप्रति व्यक्ति स्वयम संयमित हुन आवश्यक छ । तनावको मुख्य व्यक्तिगत कारणहरू देहायबमोजिम छन् :
– अनिश्चित भविष्य –
आत्मसंयम नहुनु –
नकारात्मक सोचाइ र अनुभूति
– आर्थिक समस्या
– पारिवारिक द्वन्द्व
-अपूर्ण ज्ञान
– सामाजिक अपहेलना
– एक्लोपना
– मन नपरेका व्यक्तिसँग काम गर्नुपर्ने बाध्यता
– अधिक कार्यभार
– वास्तविकता स्वीकार नगर्ने प्रवृत्ति
– प्रेममा फाटो आउनु
– महत्वाकाङ्क्षी लक्ष्य
– जीवन बाँच्न कठिन हुनु
– पढाइमा असफलता
– जीवनप्रति नकारात्मक सोच
– अस्वस्थकर जीवनशैली
– सफलताको आवश्यकता
– असम्भव लक्ष्य प्राप्तिका लागि होडबाजी
– विचारमा भिन्नता
– व्यक्तिगत रिसइबी र झगडा
– तुलना गर्ने बानी
– जागिर गुमाउनु
– वैवाहिक सम्बन्ध टुट्नु ।

२. साङ्गठनिक कारण
सङ्गठन कर्मचारीको रचनात्मक र सिर्जनशीलता प्रस्तुत गर्दै श्रम बेच्ने ठाउँ भएकाले कर्मचारीहरूबीच समान अवसर, व्यवहार र सुविधा उपलब्ध गराउन नसक्दा तनावको मात्रा बढ्दै जान्छ । तनावका साङ्गठनिक कारणहरू निम्नबमोजिम छन् :

– सङ्गठनको कार्य ढाँचा स्पष्ट नहुनु
– कार्य जीवन सन्तुलनमा समस्या
– पर्याप्त स्रोत साधनको अभाव
– अपर्याप्त तलब र सुविधा
– सरुवा र पदस्थापनामा बढ्दो धाँधली
– अत्यधिक राजनीतिक दबाब
– तनाव व्यवस्थापनप्रति नेतृत्व सचेत नहुनु
– समान अवसरको अभाव
– निर्णयमा पर्याप्त अख्तियार प्रत्यायोजन नहुनु
– कार्य उत्प्रेरणाको अभाव
– तनाव व्यवस्थापनसम्बन्धी तालिमको अभाव
– प्रशासनमा बढ्दो राजनीतिक प्रभाव
– वृत्ति विकास योजनाको अभाव
– हाकिम कर्मचारीबीच मनमुटाव
– नातावाद, कृपावाद र चाकडीवाद हावी
– कर्मचारीबीच द्वन्द्व
– टे«ड युिनयनले कर्मचारीबीच फुट ल्याएको
– कमजोर कार्यसम्पादन मूल्याङ्कन
– कार्यसम्पादन र सेवा सुविधामा तादात्म्य नहुनु
– टे«ड युनियनको गलत अभ्यास
– महिला कर्मचारीप्रति बक्रदृष्टि
– सामूहिक सौदाबाजीको अभाव
– दण्ड पुरस्कारमा विभेद
– सेवा सुविधामा असमानता
– सेवाको अनिश्चितता र असुरक्षा
– सञ्चारमा बहुअवरोध
– व्यक्तिगत लक्ष्य र साङ्गठनिक लक्ष्यबीच बेमेल
– गुनासो सुनुवाइ संयन्त्र नहुनु
– श्रमप्रति सम्मानको संस्कार नुहुनु
– पदोन्नतिको अवसरमा विभेद
– पदस्थापनामा गैरप्रणालीको हावी
– व्यक्तिप्रधान नीति बन्नु
– व्यक्ति हेरेर नीति तोडिनु
३. नीतिगत कारण जब सङ्गठनले कर्मचारीहरूबीच समान नीतिगत व्यवहारको आभास दिलाउन सक्दैन, तब कर्मचारीहरूमा नैराश्य, अपमान र तनाव बढ्न थाल्छ । सङ्गठनका नीति, व्यवहार र शैली व्यक्ति हेरेर परिवर्तन गर्नुहँुदैन । कर्मचारी तनावका नीतिगत कारणहरू निम्नबमोजिम छन् ः – तनाव व्यवस्थापनमा नीतिगतको अभाव
– कार्यविधिमा एकरूपताको अभाव
– नीतिको वाष्पीकरण
– कानुनी अस्थिरता
– राजनीति र प्रशासनमा कार्य क्षेत्र स्पष्ट नहुन
– सङ्गठनको लक्ष्य स्पष्ट नहुनु
– सेवा सुविधामा सङ्गठनबीच नीतिगत एकरूपता नहुनु
४. अन्य कारण तनाव व्यक्तिगत, साङ्गठनिक र नीतिगतबाहेक अन्य कारणबाट पनि हुने गर्दछ, जुन निम्नबमोजिम रहेका छन् ः
– तनाव व्यवस्थापनमा परामर्शको अभाव
– रामो कार्य वातावरण नहुनु
– क्षमताको कदर नहुनु
– बढ्दो जनअपेक्षा र दबाब
– प्रविधिमा निरन्तर परिवर्तन भइरहनु
– सामाजिक असुरक्षा
– जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था
– सामाजिक दबाब
– पारिवारिक जिम्मेवारी
– व्यक्तिगत सम्बन्ध

तनाव व्यवस्थापनका उपाय तनाव व्यवस्थापनको सर्वोत्तम उपाय तनावको कारण पहिचान गरी त्यसको सही सम्बोधन गर्नु हो । परिवर्तित वातावरण अनुकूल व्यक्तिको व्यवहारमा पनि रूपान्तरण गर्ने र तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक तथा मानसिक सन्तुलन कायम राख्ने काम नै तनाव व्यवस्थापन हो । तनावलाई व्यक्ति र सङ्गठनको हित संरक्षण गर्ने काममा उपयोग गर्ने प्रक्रिया नै तनाव व्यवस्थापन हो ।

व्यवस्थापकीय दृष्टिकोणले हेर्दा निश्चित स्तरको तनावलाई उपयुक्त मानिन्छ । किनकि सामान्य स्तरको तनावले मानिसलाई उत्पे्ररित गर्दछ, कार्यसम्पादन बढ्छ र सफलताका ढोकाहरू खुलाउँछ । तनाव व्यवस्थापन तनावग्रस्त व्यक्ति आफैँले गर्नुपर्दछ । तनाव व्यवस्थापन बंैकिङ जोखिम र द्वन्द्व नियन्त्रणको मेरुदण्ड हो ।

तनाव बढ्यो भने रोग प्रतिरोधात्मक क्षमता कमजोर रहन्छ । तनाव घट्यो भने उत्प्रेरणा, मनोबल र सङ्गठनप्रतिको प्रतिबद्धता र उत्पादकत्व बढेर जान्छ । अथाह सम्भावना भएको मानव संशाधन जसले सङ्गठनका अन्य स्रोत साधनको सिर्जना, उपयोग र नियन्त्रण गर्दछ, त्यस्तो संशाधनको सम्भावना र क्षमताको प्रचुर मात्रामा उपयोग गर्दै प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ हासिल गर्न सकिने कुरामा दुई मत नहोला ।

तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत वा सामूहिक हुनसक्छ । यसको प्रभाव अल्पकालीन र दिर्घकालीन दुवै हुनसक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा, उत्पादकत्व बढाई सफलतातर्फ अग्रसर गराई मानव जीवनलाई सार्थक तुल्याउँछ । यसै गरी, सीमाभन्दा बढी तनाव भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसन हुँदै आत्महत्यासम्म पु¥याएका उदाहरण प्रशस्त देख्न सकिन्छ ।

तनावको मुख्य कारण व्यक्ति आफैं भएकाले समाधानमा पनि आफनो भूमिका खेल्न सकेमा जीवन शान्त हुनेछ । साथै मानिस जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएको हुँदा व्यक्ति आफूले आफूलाई बुझेर आत्मसंयम, आत्मनियन्त्रण, आत्मअनुशासन, आत्मसम्मान, स्वनिर्देशित र स्वउत्पे्ररणामा जोड दिनुपर्दछ ।

अर्कोतर्फ सङ्गठनले कर्मचारीलाई मेसिन र तलबी कर्मचारीका रूपमा मात्र नलिई आधुनिक व्यवस्थापनका सिद्धान्त र अभ्यासको मर्मलाई बुझेर मानवीय संवेदना र श्रमको उचित सम्मान गर्दै सङ्गठनमा बढ्दो तनाव व्यवस्थापन गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ :१. व्यक्तिगत प्रयास तनाव मुख्यतः व्यक्ति आफनो कारणले सिर्जना हुने भएकाले यसको निराकरणमा पनि व्यक्ति विशेषको भूमिका नै बढी हुने गर्दछ । तनावको मुख्य कारण व्यक्ति स्वयम् भएकाले यसको निदानको लागि मुख्य डाक्टर पनि व्यक्ति स्वयम् बन्नुपर्दछ ।

तसर्थ, व्यक्तिले तनावको मात्रा कम गर्न र आफूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै सङ्गठनलाई प्रतिस्पर्धी बनाउँदै निर्दिष्ट गन्तव्यमा पु¥याउन तनाव निराकरणका लागि निम्न उपायहरू अवलम्बन गर्नसक्छ :– जीवनमा व्यावहारिक लक्ष्य निर्धारण गर्ने
– जीवनमा ठूलो सपना नदेख्ने
– ज्ञान मार्ग, भक्ति मार्ग र कर्मयोग मार्गमा लाग्ने
– निष्काम कर्म गर्ने
– जगत् नै भगवान् हुन् भगवान् नै जगत् सम्झने
– नियत राम्रो राख्ने
– निर्दोषपूर्वक जीवनयापन गर्ने
– सामूहिक घुलमिल हुने
– खराब मानिसको सङ्गत नगर्ने
– नैतिकताको पालना गर्ने
– योग्य व्यक्तिको सल्लाह लिएर मात्र काम गर्ने
– आत्मनियन्त्रण गर्ने
– मोह, लोभ र क्रोध त्याग्ने
– मानव जीवन सेवाको लागि सम्झने
– नियमित र सन्तुलित आहार र व्यायाम गर्ने
– समय व्यवस्थापनमा जोड दिने
– सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिने
– जीवनलाई सन्तुलित तुल्याउने
– यथार्थता र वास्तविकतालाई स्वीकार गर्ने
– सकारात्मक सोचको विकास गर्ने
– ईश्वरप्रति आस्था राख्ने अति परिश्रमी वा अति अल्छी नहुने
– साधारण जीवन बिताउने
– हल्लाका पछाडि नलाग्ने
– साहस देखाउन
– पर्याप्त मात्रामा ध्यान, योग र प्राणायाम गर्ने
– सचेत र सतर्क भइरहने
– तुलना गर्ने प्रवृति बन्द गर्ने
– कसैलाई हानी नपु¥याउने
– कर्मशील, सिर्जनशील, श्रमशील, उद्यमशील
– नकारात्मक सोचाइलाई त्याग्ने र उत्पादनशील हुने
– विपश्यना ध्यान गर्ने, चित्त एकाग्र पार्ने
– मनोवैज्ञानिक परामर्श र उपचार गर्ने
– बाहिर घाममा निस्कने
– प्रियजनसँग समय व्यतित गर्ने
– पर्याप्त मस्त सुत्ने
– आफ्नो रुचिको क्षेत्रमा समय दिने
– एकान्तमा बस्ने बानी त्याग्ने
– धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी हुने
– आफ्नो वचनको परिपालना गर्ने
– सुखदुःखमा समान भाव राख्ने
– सक्रिय जीवन बिताउने
– कामको मात्रा नै घटाउने
– संस्कारको विकास गर्ने
– छिट्टै छलाङ मार्ने सोच नलिने
– नियमित पत्रपत्रिका पढ्ने र टेलिभिजनमा समाचार हेर्ने फिल्महरू हेर्ने
– सकारात्मक सोचका बारेमा लेख्ने, पढ्ने ।

२. सङ्गठनात्मक प्रयास सङ्गठन कर्मचारीको श्रम बेच्ने ठाउँ हो । सङ्गठनले व्यक्तिको श्रम, क्षमता, मानवता र सिर्जनशीलतालाई सम्मान गर्दै न्यायोचित व्यवहार प्रदान गर्न सक्नुपर्दछ । साथै सङ्गठनले व्यक्तिको लक्ष्यलाई साङ्गठनिक लक्ष्यसँग समाहित गराउँदै एउटै गन्तव्यतर्फ केन्द्रित हुनुपर्दछ । तनाव निराकरणका लागि सङ्गठनले कर्मचारीमा विभेद अन्त्य गर्नुपर्दछ । कर्मचारीले श्रम मात्र बेचेको हो जिन्दगी समर्पण गरेको होइन, भन्ने कुरालाई मनन गर्दै कर्मचारीका तनाव निराकरण गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ :

– सङ्गठनको लक्ष्य र योजना स्पष्ट बनाउने
– कार्य विवरण स्पष्ट बनाउने
– सेवाको सुरक्षाको सुनिश्चितता गर्ने
– कार्य विभाजन स्पष्ट बनाउने
– समान, निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्ने
– उपयुक्त कार्य वातावरण बनाउने
– सहभागितामूलक व्यवस्थापनमा जोड दिने
– समान अवसर प्रदान गर्ने
– तनावसम्बन्धी चेतना बढाउने
– स्रोत साधनको समान वितरण गर्ने
– ठिक व्यक्ति ठिक ठाउँमा व्यवस्थापन गर्ने
– स्पष्ट भूमिका र जिम्मेवारी दिने
– गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने
– निर्णयमा सहभागी गराउने
– कर्मचारीको क्षमता र कार्यभारबीच सन्तुलन कायम गर्ने
– विभेदको न्यूनीकरण गर्ने
– कार्यजीवन सन्तुलन कायम गर्ने
– दोहोरो सञ्चार प्रणालीको प्रयोग गर्ने
– खुलाद्वार नीति अवलम्बन गर्ने
– कर्मचारीको हकअधिकार सुनिश्चित गर्ने
– पुरस्कार र दण्ड प्रणालीको अवलम्बन गर्ने
– दण्डहीनता र अराजकताको अन्त्य गर्ने
– कर्मचारीलाई नियमित तालिम र मनोरञ्जन जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउने
– समयसमयमा भ्रमण, वनभोज, अन्तरक्रियामा सहभागी गराउने
कामदारको समस्यालाई गम्भीरतापूर्वक सुन्ने
– व्यवस्थापनका आधुनिक सिद्धान्त प्रयोग गर्ने
– कर्मचारीको संवेदनाको सम्मान गर्ने
– विधिको शासन कायम गर्ने, शासनको विधि होइन
– कर्मचारीलाई मित्रवत् व्यवहार गर्ने
– नियमित कार्य परिक्रमण गर्ने
– पारिश्रमिक पदमा आधारित नभई कार्यसम्पादनमा आधारित बनाउने
– सजाय दिँदा सफाइको मौका दिने
– कर्मचारीको कम्तीमा जीवन निर्वाह गर्न पुग्नेगरी सेवा सुविधा प्रदान गर्ने
– समानताको भावना राख्ने
– कार्य सम्पादन मूल्याङ्कन निष्पक्ष र विकास गर्ने
– सङ्गठनमा श्रमको सम्मान गर्ने संस्कारको पारदर्शी बनाउने
– ततपाई सीसीटीभीको निगरानीमा हुनुहुन्छ भनेर खबरदार होइन, रचनात्मक अनुशासनमा जोड दिने – सङ्गठनका नीति, व्यवहार र शैली व्यक्ति हेरेर परिवर्तन गर्नुहुँदैन ।

निष्कर्ष तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत र सामूहिक दुवै हुनसक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुनसक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा र उत्पादकत्व बढाई सफलतातर्फ अग्रसर गराई मानव चोलालाई सार्थक तुल्याउँछ र निश्चित सीमाभन्दा तनाव बढी भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसनको सिकार हुँदै आत्महत्यासम्म पुयाउने हुन्छ ।

कर्मचारीको तनावलाई कम गर्न प्रत्येक सङ्गठनले व्यक्तिगत र साङ्गठनिक समस्याहरू बुझनुपर्छ । कर्मचारीको घरायसी समस्या र पारिवारिक समस्याका कारण कार्यजीवन सन्तुलन नहँदा सङ्गठनले निर्दिष्ट गरेका लक्ष्य प्राप्त गर्न सकिँदैन । यसै गरी, व्यक्ति र सङ्गठनको लक्ष्य सन्तुलन नभएमा व्यक्ति र सङ्गठनबीच टकराव बढ्न गई द्वन्द्व सिर्जना हुन्छ ।

आजको परिवर्तित र यान्त्रिक युगमा सङ्गठनमा कर्मचारीको तनाव निराकरण गर्न चिकित्सा मनोवैज्ञानिक एवम् मनोचिकित्साको सहयोग लिनु उपयुक्त हुन्छ । यसबाट व्यक्तिको सम्पूर्ण प्रयत्न सङ्गठनको लक्ष्य प्राप्तितर्फ केन्द्रित गर्दै निर्दिष्ट लक्ष्य प्राप्त गरी कर्मचारी र सङ्गठन दुवैको हित हुने कुरामा शङ्का गर्ने ठाउँ रहँदैन ।

तनावको मुख्य कारण व्यक्ति आफैं भएकाले समाधानमा पनि आपैmले भूमिका खेल्न सकेमा जीवन अर्थमय, शान्तिमय र अनुकरणीय हुँदै जाने कुरामा दुई मत नहोला ।
सङ्गठनमा कर्मचारीले पारिश्रमिकका लागि श्रम मात्र बेचेको हो, जीवन समर्पण गरेको होइन । तसर्थ सङ्गठनले मानवीय श्रम र संवेदनशीलता बुझेर त्यहीअनुरूपको व्यवहार गर्न सकेमा पनि धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने देखिन्छ ।

मानिस स्वभावैले जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएकाले व्यक्तिले आपूmलाई बुझेर आत्मसंयम हुने, आत्मनियन्त्रण गर्ने, आत्मसम्मान गर्ने, आत्मअनुशासित हुने, आफूलाई नियमन गर्ने, स्वनिर्देशित हुने र आत्मउत्प्रेरित हुने हो भने धेरै मात्रामा तनाव आपैm कम हुँदै जाने अपेक्षा राख्न सकिन्छ ।

(तिमल्सिना राष्ट्रिय जीवन बीमा कम्पनीका सहायक व्यवस्थापक हुन् । नेपाल राष्ट्र बैंकको ६९ औ वाषिर्कोत्सव विशेषांकबाट)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*