प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित गरिँदै

२० बैशाख २०८१, बिहीबार ०६:१०

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा आज (वैशाख २० गते) बस्दैछ । सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा विहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, संचालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र संचालकसहित ७ जनाको समिति गठन गर्नेछ ।

त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित संंचालकहरुको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र÷पत्रिका तथा संचार खर्च बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद तीनको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*