काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट हेर्दा अधिकांश फाइनान्सको वित्तीय सूचक सङ्कटमा रहेको छ । खराब कर्जा चुलिँदै जाँदा फाइनान्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । वित्तीय सूचकमा खराब रहेका फाइनान्स कम्पनी शेयर बजारमा भने अब्बल प्रस्तुत भइरहेको छन् । अधिकांश सूचकमा फाइनान्स कम्पनीको पुच्छरमा रहेको पोखरा फाइनान्स शेयर बजारमा पछिल्लो समय भने अब्बल देखिन थालेको हो । वित्तीय रिपोर्टमा ओरालो गतिमा तिर अग्रसर पोखरा फाइनान्सको तेस्रो त्रैमासिक रिपोर्ट आएसँगै सकारात्मक सर्किट तिर अघि बढी रहेको छ । कम्पनीको आज मात्र २ लाख १० हजार १९ कित्ता शेयर किनबेच हुँदा १३ करोड ५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक शेयर मूल्य बढ्ने र सर्वाधिक कारोबार हुनेमा पोखरा फाइनान्स नै पहिलो हो । अधिकांश सूचक खुम्चिदा समेत शेयर बजारमा भने किन अब्बल देखि रहेको छ भन्ने प्रश्न फाइनान्स कम्पनीको मूल्यमा उठ्न थालेको छ । फाइनान्स कम्पनीको शेयरमा आएको उछालले वाणिज्यहरूलाई पनि पछाडि धकलि रहेको छ । पछिल्लो समय वाणिज्य बैङ्कको शेयरमा लगानीकर्ता लगानी गर्न डराइ रहेका छन् । फाइनान्स भन्दा कयौँ गुणा अब्बल बैङ्कमा लगानीकर्ता लगानी गर्न पछि हटी रहेको छन् । क वर्गका बैङ्कहरूको शेयर अहिले १/२ सयमा रोकिएर बसेका छन् । आइतबारको शेयर मूल्य हेर्ने हो भने हाल नौ बैङ्कको शेयर … Continue reading वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed