फाइनान्स कम्पनीहरुको सर्वाधिक कारोबार
१६ बैशाख २०८१, आईतवार १५:१३
काठमाडौ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै पोखरा फाइनान्सको १३ करोड पाँच लाख रुपैयाँ र मल्टिप्रर्पोज फाइनान्स कम्पनीको १० करोड ९९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, पिपल्स पावर लिमिटेडको ९ करोड ८५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख रुपैयाँ, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँ सर्वाधिक कारोवार भएको छ ।