नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता
१६ बैशाख २०८१, आईतवार १२:४६
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो।