अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !
काठमाडौँ । अनलाइन जुवा मार्फत रातारात धनी बन्ने मान्छेको प्रवृत्ति बढ्दै गएको छ । गैर कानुनी भनिएको अनलाइन जुवा खेल्ने नेपालीहरूको सङ्ख्या दिनप्रति दिन बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैङ्कले गैर कानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत सामाजिक सञ्जालमा अकाउन्ट बनाएर कुनै पनि खेल भइरहेको समयमा त्यो खेलको पक्ष वा विपक्षमा नाफा कमाउने उद्देश्यले लगाइने बाजी हो । वान एक्स बेट जस्ता बेटिङ एप डाउनलोड गरेर अकाउन्ट बनाएपछि डिजिटल वालेटहरूमा दिइएको नम्बरमा सट्टाबाजी गर्ने रकम भुक्तानी गरिन्छ । पछिल्लो ९ महिनामा अनलाइन जुवा खेल्ने कार्यमा सङ्कलन ३१ जना व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनलाइन गेम र अनलाइन बेटिङ सम्बन्धी कार्यक्रममा सङ्कलन ३१ जना व्यक्ति पक्राउ परेका हुन् । जसमध्ये अनलाइनबाट अवैध कारोबार गरी रहेका ३ जना, क्रिकेट ग्राउन्डमा बसी अनलाइन बेटिङ गरिरहेका ६ जना, क्यास एप अकाउन्ट बाट बैङ्किङ गर्ने १२ जना, वान एक्स बेट मार्फत सट्टेबाजी गर्ने १ जना, क्यास एप अकाउन्टबाट सट्टेबाजी गर्ने ३ जना र अनलाइन गेमिङ सट्टाबाजी गर्ने ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उक्त पक्राउ परेका ३ करोड १० लाख २० हजार ७३३ रुपैयाँ समेत नियन्त्रणमा लिएको छ । अधिकांश पक्राउ गर्नेहरूबाट रकम नखुलेको प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले बताए । कानुनी दायराबाट … Continue reading अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed