एनआइसी एशिया लघुवित्तद्वारा बीमा दावी भुक्तानी
१३ बैशाख २०८१, बिहीबार १४:५५
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । संस्थाको मधेश प्रदेश अन्तर्गत खैंरवाना सिराहा शाखा कार्यालयले मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरेको हो ।
संस्थाले खैंरवाना सिराहा समुह नम्बर ००२ को सदस्यता नम्बर ०९४००२०१०७ भएको ऋणी सदस्य लक्ष्मण देवी मण्डलको मृत्यु भएकोले बीमा वापतको रकम उनका श्रीमान नन्दा मगरलाई हस्तान्तरण गरेको छ ।