फर्स्ट माइक्रोफाइनान्सले कमायो १३ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको मुनाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा ३३.०५ प्रतिशतले घटेर १३ करोड २ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीलेको खुद ब्याज आम्दानी २०.३३ प्रतिशतले घटेर २५ करोड ३० लाख ५७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीको संचालन नाफा ३२.४० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ करोड ७९ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ७८ लाख रुपैयाँ रहेको हो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ, जगेडा कोष २९ करोड ७६ लाख रुपैयाँ, वितरणयोग्य नाफा ९ करोड ५० लाख रुपैयाँ र खराब कर्जा ०.७४ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले घटेर १४ रुपैयाँ ०८ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८३ पैसा छ ।