नौ महिनामा सानिमा बैंकको मुनाफा झण्डै डेढ अर्ब, इपिएससहित अन्य सूचांक कस्तो ?
काठमाडौं । सानिमा बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा बैंकले नौ महिनाको अवधीमा एक अर्ब ४३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ भने अन्य वित्तीय विवरणहरुमा सकारात्मक प्रगति गर्न सफल भएको छ । कूल १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजि भएको सानिमा बैंकले समीक्षा अवधीमा १५ अर्ब ब्याज आम्दानी गरी ११ अर्ब रुपैयाँ ब्याज वितरण गरेको छ । बैंकको खुद ब्याज आम्दानी चार अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले चार अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको थियो । एक खर्ब ८६ अर्ब सर्वसाधारणको निक्षेप रहेको सानिमा बैंकबाट एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकले कोर बैंकिङ कारोबारबाट खुद ७४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकको खुद फि तथा कमिशन आम्दानी ५६ करोड रुपैयाँ रहेको थियो । बैंकले मुनाफामा सामान्य गिरावट आएको देखिएको छ । गत वर्ष एक अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको नौ महिने समीक्षा अवधीमा एक अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी समेत प्रभावित बन्न पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर … Continue reading नौ महिनामा सानिमा बैंकको मुनाफा झण्डै डेढ अर्ब, इपिएससहित अन्य सूचांक कस्तो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed