चौधरी ग्रुपको सम्राट सिमेन्टले करिब ६ करोड रुपैयाँ विद्युत महशुल नतिरेपछि बिजुली काटियो
५ बैशाख २०८१, बुधबार १८:१२
काठमाडौँ । बिजुली महशुल नबुझाएपछि सम्राट सिमेन्टमा विधुत काटिएको छ । उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको थियो ।
चौधरी ग्रुपको ५१ प्रतिशत शेयर रहेको दाङको सिमेन्टले बिजुली महशुल नबुझाएपछि लाइन काटिएको हो ।