आरएसडीसी लघुवित्तको मुनाफा ३० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी समेत बढ्दा कस्ता छन् अन्य सूचक ?

३ बैशाख २०८१, सोमबार ११:१०

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड २१ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३०.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १२ करोड २८ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३०.२९ प्रतिशतले बढाएर १६ करोड १ लाख रुपैयाँ पुराएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ८ करोड ६१ लाख ८३ हजार रुपैयाँ, खराब कर्जा २.६२ प्रतिशतले घटेर १०.१६ प्रतिशत, चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष २३ करोड ३१ लाख रुपैयाँ, निक्षेप तथा सापटी ५ अर्ब ६५ करोड रुपैयाँ र कर्जा प्रवाह ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसाले बढेर १५ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*