नयाँ वर्षको पहिलो कारोबारको दिन कस्तो रह्यो शेयर बजर ?
२ बैशाख २०८१, आईतवार १५:११
काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ ।
आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर २०३३ दशमलव ३५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ तीन अर्ब ६ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका उपसूचकमध्ये चार उपसूचकको शेयरकारोबार बढेको छ । अन्य सम्पूर्ण उपसूचकहरु चाँही राताम्मे भएका छन् ।
शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य चाँही बढेको छ । आज सिर्जनशील लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।