इजरायल सरकारले जारी गरेका निर्देशन पालना गर्न त्यहा रहेका नेपालीलाई दूतावासको आग्रह
काठमाडौँ । नेपाली राजदूतावास इजरायलले नेपाली सर्वसाधारणहरुलाई सरकारले जारी गरेको निर्देशनहरु पालना गर्न भनेको छ । इजारायलमाथि इरानी हमला शुरु भएको हुँदा इजरायली होम फन्ट कमाण्डद्धारा जारी निर्देशन पाउन गर्न नेपाली दूतावासले आग्रह गरेको हो ।
इजरायलमा सोमबार राती ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनि निर्देशन दिएको छ । नेपाली दूतावासले त्यहा रहेको नेपाली सर्वसाधारणहरुले स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन भनेको छ ।
साथै, दूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएका स्थलको आसपासमै रहन समेत आग्रह गरेको छ । कुनै समस्या भएका दूतावास द्धितीय सचिव कुमार बहादुर श्रेष्ठको नम्बर ०५२८२८९३०० र सहचारी संजय कुमार साहको नम्बर ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिनेछ ।
इरानद्धारा इजरायलमाथि भिषण आक्रमण, रातभर ड्रोन र ब्यालेष्टिक मिसाइलको बिस्फोट