इरानद्धारा इजरायलमाथि भिषण आक्रमण, रातभर ड्रोन र ब्यालेष्टिक मिसाइलको बिस्फोट

२ बैशाख २०८१, आईतवार ०६:०७

काठमाडौं । शक्तिशाली राष्ट्र इरान र इजरायलका बीचमा अन्ततः युद्ध सुरु भएको छ । मध्यरातिदेखि सुरु भएको आक्रमणमा इरानले इजरायलमाथि दुई सयभन्दा बढि ड्रोन हमला गरिसकेको छ भने दर्जनौं ब्यालेष्टिक मिसाईल प्रहार गरेकोे छ ।
क्षतिको आधिकारिक विवरण आउन भने बाँकी छ । इजरायलको राजधानी जेरुसेलम, तेलअभिभ लगायतका मुख्य मुख्य शहरहरुमा रातैभरि बिस्फोटका आवाजहरु सुनिएका छन् ।

गत अप्रिल १ मा सिरियास्थित दमास्कसमा रहेको आफ्नो दुताबासमा इजरायलले गरेको आक्रमणको बदलामा इरानले इजरायलमाथि सैन्य आक्रमण सुरु गरेको हो । उक्त आक्रमण भियना अभिसन्धी तथा अन्तर्राष्ट्रिय कानुन विपरत भएकोले दण्डित गर्ने घोषणा इरानले गरेको थियो ।

इरानले गरेको हवाई आक्रमणलाई इजरायल, अमेरिका, बेलायतले मध्य आकाशमै विस्फोट गराई क्षति हुनबाट बचाएका छन् । इरानले प्रहार गरेका सयौं बमहरु आकाशमै ध्वस्त पारिएको इजरायलले जनाएको छ । यद्यपि कैयौं बिस्फोटको आवाज सुनिएकोले क्षतिको आधिकारिक विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो तीन दिनदेखि आक्रमणको त्रासमा रहेको इजरायलमा विद्यालयहरु बन्द गरिएका थिए भने स्थानीयबासीहरुलाई सेल्टरमा गएर लुक्न भनिएको छ । इजरायल देशैभरि साइरनको आवाज आइरहेको जनाइएको छ ।

रातैभरि इजरायलमाथिको आकाशमा भिषण बिस्फोटको आवाज र झिल्को देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भिषण युद्धमा जोर्डन, अमेरिका र बेलायतले इजरायलको साथ दिएका छन् ।

उता, इरानले गरेको सैन्य आक्रमणमाथि प्रत्याक्रमणका लागि आफ्नो आकाश प्रयोग गर्न नदिन कतार र कुवेतले एयर स्पेस बन्द गर्ने निर्णय गरेका छन् ।

इजरायलले इजरायली आक्रमणबाट आफ्ना सैन्य संरचनाहरुमा सामान्य क्षति पुगेको पुष्टि गरेको छ । हालसम्म जम्मा एक जना घाइते भएको जनाएको छ ।

इरानले इजरायलमाथि आक्रमण जारी राखेको छ ।

One thought on “इरानद्धारा इजरायलमाथि भिषण आक्रमण, रातभर ड्रोन र ब्यालेष्टिक मिसाइलको बिस्फोट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*