जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ८ बुँदे निर्देशन
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीका विभिन्न रिपोर्टमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकल देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान हिसाब, सोसँग सम्बनिधत अनुसूचीहरु, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर ब्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिर्पोट लगायतका वित्तीय विवरणहरुको आधारमा गैर–स्थलगत सुपरिवेशक्षण गर्दा कैफियत देखिएको हो । राष्ट्र बैंकले संस्थालाई ८ वटा निर्देशन दिएको छ । सो निर्देशन पालना गर्ने शर्तमा राष्ट्र बैंकले कम्पनीको वित्तीय विवरण पारित गरेको हो । कम्पनीले समेत ८ वटै निर्देशनको जवाफ समेत दिएको छ । सम्बन्धित समाचारः शेयरधनीहरुको हात रित्तो बनाएको जनउत्थान सामुदायिक लघुवित्तका सीइओको तलब १४ लाख ९० हजार रुपैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed