२०८० सालको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेकर्ड, प्रतितोला कति ?
३० चैत्र २०८०, शुक्रबार ११:०२
काठमाडौँ । २०८० सालको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
शुक्रबार मात्र सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो । आज बजारमा छापावाला सुनको मूल्य एक लाख ३९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको भने ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।