घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?
काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको हो ।
व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१८ विन्दुले घटेको छ ।
५ बैंकहरुले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने २बैंकहरुले ब्याजदर बढाएका छन् । एभरेष्ट र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् । १३ वाणिज्य बैंकहरुले यस्तो निक्षेपमा अधिकतम ब्याजदर घटाएका कारण औषत ब्याजदर सामान्य घट्न पुगेको हो।
त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दु घटेको छ। चैतमा ६.०० प्रतिशतविन्दु रहेको यस्तो निक्षेपमा बैंकहरुको औषत ब्याजदर बैशाखका लागि घटेर ५.८१ प्रतिशतविन्दुमा झरेको छ।