एनएमबि बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति?

३० चैत्र २०८०, शुक्रबार १०:१३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ७.९७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ ६ देखि ९ महिनासम्म ४.५० प्रतिशत, ९ महिनादेखि १ वर्षसम्म ४.७५ प्रतिशत, १ देखि २ वर्षसम्म ५ प्रतिशत, २ देखि ५ वर्षसम्म ६.५० प्रतिशत र ५ वर्षदेखि माथि अविधका लागि ७.९७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ६.९७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

संस्थागततर्फ बैंकले ६ देखि ९ महिनाका लागि ३.९० प्रतिशत, ९ महिनादेखि १ वर्षसम्मका लागि ३.९५ प्रतिशत, १ देखि २ वर्षका लागि ४ प्रतिशत, २ देखि ५ वर्षका लागि ५.५० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ६.९७ प्रतिशत ब्याजदर कायम गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*