सानिमा बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाका लागि ३ देखि ६ महिनाका लागि ५.७५, ६ देखि १२ महिनाका लागि ६.५० प्रतिशत, १२ देखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि माथि अवधिका लागि ७.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनामा संस्थागत तर्फ ६ महिना र सोभन्दा माथि अवधिका लागि अधिकतम ६.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा संस्थागततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।