मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना
काठमाडौं । मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सेवा नपुगेको समुदायमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
यस प्रकारको कार्यक्रमले देशभरका परिवारहरूलाई वित्तीय ज्ञान हासिल गर्न र लचिलोपन निर्माण गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ । मेटलाइफ वित्तीय सेवा नपुगेको र दुर्गम क्षेत्रहरुमा वित्तीय पहुँच पुर्याउन केन्द्रीत रहेको कम्पनीले जनाएको छ ।
यस प्रकारको कार्यक्रमले दमक, लहान, जनकपुर, कटारी, बेसीसहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बर्दघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली लगायत इलामका विभिन्न समूहहरूलाई समेट्ने कम्पनीले बताएको छ ।
कार्यक्रममा सहभागीहरुले जीवन बीमाको महत्व र फाइदा बुझ्ने र यसले वित्तीय उत्पादनहरूमा पहुँच कम भएका क्षेत्रमा वित्तीय सशक्तिकरणलाई बढावा दिने कम्पनीले जनाएको छ ।
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले बीमितहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र समूह बीमाजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
मेटलाइफलाई उत्तरोतर प्रगतीको कामना । बीमा कम्पनीहरु मध्ये म्यादी बीमाको मृत्यु दाबी भुक्तानी, कागजात पेश गरेको ३ दिन भित्रमा गरी गरिब विपन्नको घाउमा मलम लगाउने काम मेट लाइफले गरेकोछ । नेपालमा मै हु भन्ने कम्पनीहरुले मेटलाइफबाट पाठ सिकोस । गरिबीको रेखामुनी रहेका विपन्न परिवारबाट प्रिमियम लिने दावी भुक्तानी दिने बेला यो र त्यो बहाना देखाई नौटंकी देखाउने फटाहा कम्पनी र कर्मचारीहरुलाई कार्यवाही गरियोस् । सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।