कर छली गर्ने एनसेलमाथि बढ्दै सर्वसाधारणको आक्रोस, टावरमा बम विस्फोट

२९ चैत्र २०८०, बिहीबार १२:३९

काठमाडौँ । शेयर खरिद बिक्रीमा अर्बौ रुपैयाँ कर छली गर्ने एनसेलमाथि नेपाली सर्वसाधारणको आक्रोस बढ्दै गइरहेको छ । पछिल्लो समय एनसेलको टावरमा बम विस्फोटको घटना वृद्धि भइरहेका हुन् ।

आज फेरी सिन्धुलीमा एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार दिउँसो १ बजेतिर कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको हो ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको स्थानियले बताएका छन् । विस्फोट भएको स्थलमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको जनाइएको छ । एनसेल सबैभन्दा महंगो शुल्क असुल्ने र अनावश्यक रुपमा नेपाली जनताबाट शुल्क लिने विदेशी लगानीको निजि दुरसञ्चार सेवा प्रदायक कम्पनी हो ।

अर्बौ कर छली गर्ने एनसेलको टावरमा शक्तिशाली कुकर बम बिस्फोट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*