भिजन लुम्बिनी उर्जाको ‘लक इक’ अवधि जेठ ४ गते सकिँदै
२९ चैत्र २०८०, बिहीबार ०८:०८
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लक इन अवधि जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँड गरेको थियो । सोमध्य सामूहिक लगानी कोषलाई छुट्याइएको पाँच प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार पाँच सय रुपैयाँ बराबरको ९५ हजार ६२५ कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।