के आई सिंह गाउँपालिकाका कृषकले पाए मिनि टिलट, ‘किसान देशका मेरुदण्ड हुनः’ अध्यक्ष शाही

राजन कठायत
२८ चैत्र २०८०, बुधबार १६:४०

काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाले कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । बुधबार गाँउपालिकाले एक औपचारिक कार्यत्रमको आयोजना गरी कृषकहरुलाई मिनि टिलट वितरण गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि विकास शाखा तर्फको द्धितिय त्रैमासिक कार्यक्रममा आधारित ५० प्रतिशत अनुदानमा कृषकलाई मिनि टिलट वितरण गरेको हो ।

उक्त वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाका ११ जना कृषकमध्ये ९ जना कृषकलाई मिनि टिलट वितरण गरेको र बाँकी रहेका २ जना कृषकलाई केही दिनपछि मिनि टिलट वितरण गरिने गाउँपालिकाको कृषि विकास शाखा प्रमुख यज्ञ बहादुर रावलले बीमापोष्टलाई बताए ।

May be an image of 11 people and text

कृषि सामाग्रि वितरण कार्यक्रममा के आई सिंह गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक जय बहादुर धामी अध्यक्षता गरेका थिए । साथै, कार्यक्रममा प्रमुख अथिती गाँउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष मिना देबि बिष्ट र प्रमुख प्रशासकिय अधिकृत सुरुत बहादुर परियार र ४ वटा वडाका अध्यक्ष, वडा सदस्य र कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख यज्ञ बहादुर रावलले गरेका थिए ।

कृषि औजार कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले यान्त्रीकरण तथा आधुनिक कृषि प्रविधिलाई प्राथमिकता दिदै अर्गानिक कृषि खेतिलाई अघि बढाउन जोड दिए । ‘किसानहरु गाँउपालिकाका मेरुदण्ड हुन भन्दै उनले भने, ‘गाँउपालिकाले सम्पूर्ण कृषकहरुलाई कृषिमा आधुनिकीकरण गरी यसलाई आफ्नो परिवारको लागि मात्र नभएर व्यवसायिक रुपले अघि बढाउन आग्रह गरेको छु।’

के आई सिंह गाँउपालिकाको कृषि विकास शखा प्रमुख यज्ञ बहादुर रावलले गाउँ समाजको वर्तमान परिवेशलाई मध्येनजर गर्दै नयाँ प्रविधिलाई परिक्षण गर्दै कृषकहरुलाई व्यवसायिक रुपले अघि बढाउन मिनि टिलेट वितरण गरेको बताए ।

‘आजभोलि गाँउमा गोरु पाल्नेको संख्या क्रःमश घट्दै गएको र उक्त समस्याको समाधान गर्नको लागि कृषकलाई कृषि समाग्रि वितरण गरेको हो । आउँदो दिनमा यस कार्यक्रमलाई अझै प्रभावकारी तरिकाले अगाडी बढाउने योजना रहेको छ।’ शाखा प्रमुख रावले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*