वाणगंगाको मेयर हारेकी विमलाको बेपत्तै बढुवा

२८ चैत्र २०८०, बुधबार १५:४१

काठमाडौंं । संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा कपिलस्तुको वाणगंगा नगरपालिकामा मेयरको उम्मेदवार बनेर हार व्यहोरेकी विमला घिमिरेको बेपत्तै बढुवा भएको छ । दुई दशक एमालेको राजनीतिमा सक्रिय भएपछि बल्ल मेयरको टिकट पाएकी थिइन्, विमलाले ।

तर, त्यो बेला चुनाव हारिन् । तर, त्यसको दुई वर्षपछि उनलाई एमालेले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनायो । र, उनी सजिलै चुनाव जितेर सिंहदरबार पुगिन् । अहिले विमला राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भएकी छन् । ज्यादा चर्चामा नरहने न्यौपानेको खुरुखुरु काम गर्ने राजनीतिकर्मी हुन् । जसको फल उनको निरन्तरका बढुवाले पुष्टि गर्छ ।

०४६ सालको जनआन्दोलनपछि निरन्तर सक्रिय उनी अखिल नेपाल महिला संघको गाउँ, जिल्ला हुँदै केन्द्रको स्थायी कमिटी सदस्य भईन् । २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले–माओवादीबीच एकता भएर बनेको नेकपाकी उम्मेदवार बनेर लुम्बिनी प्रदेशबाट उनी निर्वाचित भएकी थिईन् ।

४ वर्ष राष्ट्रिय सभामा आफ्नो क्षमता प्रदर्शन गरेकी घिमिरे २०७८ मा एमालेको कपिलवस्तु जिल्ला इन्चार्ज बनेकी थिईन् । त्यसअघि उनी कपिलवस्तुको सहइन्चार्ज थिइन् । एमाले–माओवादीको गठबन्धन विमलालाई फापेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*