भोलि देशभर सार्वजनिक बिदा
२८ चैत्र २०८०, बुधबार १०:३६
अपडेटः इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरी सकेको छ ।
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिन लागेको हो ।
मुस्लिम आयोगको सिफारिसमा मन्त्रीपरिषद्को स्वीकृतिले बिदा दिने प्रचलन रहेको छ । आयोगले बिहीबारलाई बिदाको लागि सरकारलाई सिफारिस गरेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँले भोलि चन्द्रमा देखिने भएकोले भोलिको बिदाको लागि आज सिफारिस पत्र पठाउने बताएका छन् ।
गृहमन्त्रालयले आयोगको सिफारिस आएपछि सार्वजनिक बिदा दिने बताएको छ । सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।