कृषि विकास निर्देशनालयका निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२७ चैत्र २०८०, मंगलवार १७:१४

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सहकारी संस्थाको भवन निर्माणका लागि छुट्याइएको बजेट हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले मंगलबार निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ विरुद्द प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

gIzPJs

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*