महुली लघुवित्तको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले चैत्र १४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।