इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्याखर्याख
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं साधारण सभा तनावपूर्ण स्थितिमा टुंगिएको छ । संचालकहरुको निर्वाचन हुन नपाएको साधारण सभालाई बैंकले भने आधिकारिकता प्रदान गरेको छ । साधारण सभा अगावै बैंकसहित १० जनाविरुद्ध शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले चैत १६ गने सञ्चालक समितिका लागि केही व्यक्तिहरुको योग्यता नपुग्ने भन्दै रिट हालेका थिए ।
सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण सञ्चालकहरुको निर्वाचन हुन पाएन । बैंकको साधारण सभा रिटका कारण मात्रै तनावपूर्ण भएन । अध्यक्ष पृथ्वीबहादुर पाँडे मुख्य लगानीकर्ता रहेको ठमेलस्थित छायाँदेवी कम्प्लेक्स प्रकरणको प्रशंगले समेत साधारण सभामा गर्मागर्मीको माहोल बनायो ।
१३ जना भन्दा बढी संचालक तथा शेयरधनीहरुले अध्यक्ष पाँडेलाई बैंक आन्तरिक विवादसहित छायाँदेवी कम्प्लेक्समा बैंकबाट भएको अपचलन सम्बन्धी विषय झिकेर र्याखर्याख पारे । त्यति मात्र नभई उनीहरुले बैंकको अगुवाई गरेको व्यक्तिले गरेका गैरकानूनी हर्कतले संस्थाको बदनाम भएको भन्दै आपत्ति प्रकट गरे । साधारण सभाको छलफल सत्रमा सहभागि भएका एक शेयरधनीका अनुसार सञ्चालकहरुको टोकाईपछि अध्यक्ष पाँडेले १० मिनेट भन्दा बढी समय लगाएर जवाफ दिएका थिए ।
जवाफमा अध्यक्ष पाँडेले छायाँदेली कम्प्लेक्समा बैंकबाट लगानी नहालेको बताएपनि सञ्चालकहरुले विश्वास गरेको र निर्वाचनका बेला यसविषयमा थप कुरा गर्ने प्रतिक्रिया दिएको ती शेयरधनीले बीमापोष्टलाई बताए । पाँडेले यसअघि पनि आफुखुसी पशुपति संग्रहालय तथा महास्नान घरको जिर्णोद्धारका नाममा झण्डै ९ करोड खर्चिएको भन्दै सञ्चालकहरुले मुखले दिएको जवाफमा विश्वास नभएको र त्यस सम्बन्धका कागजी प्रमाणहरु देखाउनु पर्ने कुरा उठाएका छन् ।
छायाँदेवी कम्प्लेक्स विवादका कारणले बैंकभित्र सञ्चालकहरुबीच थप तनाव सिर्जना भएको छ । अधिकांश सञ्चालकहरुले बैंकलाई अयोग्य तथा भ्रष्टाचार, घुसखोरी, अनियमितता लगायतमा मुछिएकाहरुको अखडा बनाउन खोजेको भन्दै र्याखर्याख पारेका बताइएको छ ।
सम्बन्धित समाचार
One thought on “इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्याखर्याख”