अख्तियार र सम्पत्ति शुद्धीकरणको छानविनमा परेका शाक्यको नेतृत्वमा नयाँ बजेट बनाउँदै अर्थमन्त्री पुन, विवादमा पर्ने जोखिम

काठमाडौं । करिब डेढ महिना अघि नियुक्त भएका अर्थमन्त्री वर्षमान पुन यतिबेला नयाँ बजेट र लगानी सम्मेलन सफल पार्न अहोरात्र खटिइरहेका छन् । तर, भ्रष्टाचारीहरुको जालो चिर्न नसक्दा आगामी वर्षको लागि निर्माण हुने बजेट समेत विगतका सरकारहरुको पालामा जस्तै विवादमा पर्ने देखिएको छ । रोचक र आश्चर्यजनक कुरा के छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणले छानविन गरिरहेका व्यक्तिलाई अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आव २०८१।०८२ को बजेट बनाउने जिम्मेवारी सुम्पिएका छन् । अब प्रश्न उठ्छ बजेट कस्तो बन्ला ? अर्थमन्त्री पुनले अर्थमन्त्रालय सम्हालेपछि पहिलो पटक सह–सचिवहरुको सरुवा गर्ने क्रममा बजेट महाशाखाको जिम्मेवारी रितेश शाक्यलाई दिएका थिए । मन्त्री पुनले सह–सचिव शाक्यलाई बजेट निर्माण समितिका उप संयोजक समेत बनाएका छन् । शाक्य तिनै पात्र हुन जो अर्थमन्त्रालयमा सर्वाधिक विवादमा परेका र भ्रष्टाचारको आरोपमा संवैधानिक निकायले छानविन गरिरहेका व्यक्ति हुन् । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले २०८० पुस १२ गते बसेको बैठकले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने कार्य भ्रष्टाचार भएको भन्दै कारवाही गर्न अख्तियार समक्ष सिफारिस गरेको थियो । लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र तथा सो घटनामा संलग्न व्यक्तिहरुलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैलाई कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । नेपाल धितोपत्र बोर्डमा सो घोटाला हुँदा … Continue reading अख्तियार र सम्पत्ति शुद्धीकरणको छानविनमा परेका शाक्यको नेतृत्वमा नयाँ बजेट बनाउँदै अर्थमन्त्री पुन, विवादमा पर्ने जोखिम