एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

२५ चैत्र २०८०, आईतवार ०८:४०

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आज (चैत्र २५ गते)देखि संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको एक करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको यस शेयरमा आउदो वैशाख ९ गतेसम्म आवेदन खुल्ला रहनेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

खरिदकर्ताले आवश्यक कागजातसहित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल वा ग्लोबल आइएमई बैंकको शाखा नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*