अब गुगल सर्च गर्दा पैसा लाग्ने

२३ चैत्र २०८०, शुक्रबार १५:४८

काठमाडौं । गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको छ । तर अब भने यसले प्रिमियम ल्याउने विचार गरिरहेको छ ।

कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एउटा खबरका अनुसार अनुसार गुगलले आफ्नो जेनेरेटिभ सर्च अर्थात् सर्च जेनेरेटिभ एक्सपिरियन्स ९एसजीई०लाई सशुल्क बनाउन लागेको छ । यो सेवा आएपछि प्रयोगकर्ताले एआई रिजल्टका लागि पैसा तिर्नुपर्नेछ ।

गुगलले आफ्नो एआई सर्च टुलका लागि पैसा लिने विचार गरिरहेको फाइनान्सियल टाइम्समा छापिएको खबरमा बताइएको छ । यस विषयमा गुगलको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । धेरैजसो एआई कम्पनीहरूले आफ्नो एआई टुलका लागि पैसा लिइरहेका छन् । कम्पनीहरूले एआइ टुलको विकास गर्न ठुलो खर्च गरेका छन् । सो खर्चको भर्पाई गर्न कम्पनीहरूले पैसा लिइरहेका छन् ।

खबरका अनुसार गुगलको सामान्य सर्च इञ्जिन भने सधैँका लागि निःशुल्क नै रहनेछ । तर जेनेरेटिभ एआई सर्चको प्रयोग गर्दा भने पैसा लाग्नेछ । गुगल एप खोल्दा कुनामा रातो डट भएको जार देख्नुहुन्छ नि यही नै जनरेटिभ एआई खोज हो । गुगलले यूजरहरुलाई प्रिमियम सेवा दिन विज्ञापन मुक्त सर्च टुलमा पनि काम गरिरहेको बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*