हिमालयन दीर्घकालिन बचत योजना सञ्चालनका लागि बोर्डमा आवेदन
२३ चैत्र २०८०, शुक्रबार १५:३८
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले खुला मुखि प्रकृतिको हिमालयन दीर्घकालिन बचत योजना सञ्चालन गर्ने भएको छ ।
हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक हिमालयन क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले चैत १९ गते फ्रतिइकाई रू। १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।
बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।